Breaking News.... EverestOnlineKhabar
June 27, 2026

भेनेजुएला सीमामा ब्राजिलले बढायो सैनिक तैनाथी…

Loading

एजेन्सी,भदौ ।
ब्राजिलका राष्ट्रपति माइकल टेमरले हिंस्रक संघर्षपछि संकटग्रस्त अवस्थामा रहेको भेनेजुएलाको सीमामा कानून तथा व्यवस्था सुनिश्चित गर्नका लागि सेना पठाउने निर्णय गरेका छन् । अगस्ट महिनाको शुरूआतमा बाढीका कारण एक हजारभन्दा बढी भेनेजुएलावासी घरविहीन भएपछि ब्राजिलको पश्चिमोत्तर रोरैमा प्रान्तमा पसेका छन् ।
यी मानिसलाई अस्थायी शिविरमा राखिएको छ र शिविरमा स्थानीयहरूले आक्रमण गरेका छन् । प्रवासीहरूले एक स्थानीय पसलेलाई नराम्ररी पिटेको भन्ने हल्ला फैलिएपछि यो आक्रमण भएको थियो ।
टेमरले ब्राजिली नागरिक र भेनेजुएलाबाट भागेका प्रवासीको सुरक्षाका लागि सैनिक तैनाथी गरिएको बताए । उनले भेनेजुएला संकटलाई दुःखद बताउँदै यसले दक्षिण अमेरिकी महादेशको सद्भावलाई नै खतरामा पार्ने बताए ।
भेनेजुएला अहिले चरम आर्थिक संकटमा फसेको छ । काम र जस्वनको सुरक्षाको खोजीमा त्यहाँका मानिस अन्य देशमा शरण लिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.