Breaking News.... EverestOnlineKhabar
October 3, 2026

Loading

काठमाडौ,भदौ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन विदेशी पाहुनाहरु नेपाल आउने क्रम जारी छ । आज विहान बिहान भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक काठमाडौं आएका छन् ।भुटानका प्रधानन्यायाधीशसमेत रहेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । वाङचुकलाई नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो ।
बिम्स्टेकको चौथो शिखर सम्मेलन आगामी बिहीबार र शुक्रबार आयोजना हुँदै छ । सम्मेलनमा ‘बिम्स्टेक ग्रिड इन्टरकनेक्सन’ स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । काठमाडौंमा सोमबार सम्पन्न बिम्स्टेक मुलुकका वरिष्ठ पदाधिकारीको १९ औं बैठकले ऊर्जाको क्षेत्रमा सदस्य मुलुकबीच सहायता अभिवृद्धि गर्न त्यस्तो समझदारीपत्रमा हस्ताक्षरका लागि शिखर सम्मेलनमा सिफारिस गरेको छ ।
बिम्स्टेक मुलुकका राष्ट्राध्यक्ष–सरकार प्रमुखको आगामी बिहीबार र शुक्रबार काठमाडौंमा हुने शिखर बैठकमा उक्त समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed