![]()
काठमाडौं ।नेपाली सेनाको प्रधान सेनापतिमा पूर्णचन्द्र थापा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आएका बलाधिकृत रथी थापालाई मंगलबार प्रधानसेनापतिमा नियुक्त गरेकी हुन्।
राष्ट्रपति भण्डारीले संविधानको धारा २६७ को उपधारा ५ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा थापालाई प्रधानसेनापति नियुक्ति गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
थापालाई भदौं २४ गतेदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ।


