Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नयाँशक्ति नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपाका अध्यक्ष बिप्लब नेतृत्वको माओवादीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ लाई अदालतले छाड्ने आदेश दिए लगत्तै सरकारले पटक–पटक पक्राउ गरेकोमा आपत्ति जनाउँदै राजनीतिक व्यबहार गर्न आग्रह गरेका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकको बिशेष समयमा बोल्दै नेता भट्टराईले भने‘ बिप्लबको बाटोमा म पनि सहमत छैन, तर आफ्नो मुद्धा उठाउँन सबैले पाउँछन्।’

उनले क्रान्ति निरन्तर चलिरहने भन्दै क्रान्तिको रुप र एजेण्डामात्र फेरिएको उल्लेख गरे। नेता भट्टराईले कैलाली १ बाट निर्बाचित रेशम चौधरीलाई शपथ ग्रहण नगराएकोमा आपत्ति जनाए । उनले शपथ ग्रहणको व्यबस्था मिलाउन संसदको ध्यानाकर्षण गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed