![]()
जनकपुर । दुई नम्बरका प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंक जनकपुृरमा ताला लगाएका छन । रक्षा बन्धनको दिन प्रदेश सरकारले दिएको बिदा अटेर गरेको भन्दै मन्त्री यादवले आफै बैंक पुगी ताला लगाएका हुन ।
प्रदेश सरकारको बिदा अटेरी गर्ने सरकारी कार्यालय र बैंकको अनुगमनमा निस्केका मन्त्री यादवले धेरैबेरको वार्तापछि पनि राष्ट्र बैंक बन्द गर्न नमानेपछि बैंकको मुख्य गेटमा ताल्चा लगाइदिएका हुन । मन्त्री यादव आफ्ना अंगरक्षकसहित राष्ट्र बैंक पुगेका थिए।
प्रदेश सरकारको निर्णय मानेर बैंकमा पनि बिदा दिन उनले सुरुमा आग्रह गरेका थिए। तर, राष्ट्र बैंकले बन्द गर्ने वा नगर्ने विषयमा राष्ट्र बैंकको मुख्यालयमा लिखित जानकारी नआएसम्म केही गर्न नसकिने बताएपछि मन्त्री यादवले राष्ट्र बैंकको गेटमा ताल्चा लगाइदिएका हुन्।
प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर भदौ १० गते रक्षा बन्धन तथा जनै पूर्णिमाको बिदा घोषणा गरेपनि संघीय सरकार मातहतका कार्यालयले अवज्ञा गरेपछि प्रदेश सरकारका मन्त्री आफैं अनुगमनमा निस्किएका हुन्।
प्रकाशित : भाद्र १०, २०७५ १४:०१


