Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

 कञ्चनपुर। कञ्चनपुरको भीमदत्तनगरमा  पुनः कर्फ्यु लगाइएको छ । भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थान तोकेर अाइतबार बिहान १० बजेपछि पुनः कर्फ्यु लगाइएको हो ।

भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो । अवस्था सामान्य बनेपछि आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यु हटाइएको थियो ।

अर्को आदेश नभएसम्म कर्फ्यु जारी रहने प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले जानकारी दिए। निर्मलाको हत्यारालाई कारवाहीको माग गरी स्थानीयवासी आन्दोलनमा छन् ।

शुक्रबार प्रहरीले चलाएको गोली लागेर भीमदत्त नगरपालिका–१८ का १४ वर्षीय शनि खुनाको मृत्यु भएपछि स्थिति जटिल बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.