Breaking News.... EverestOnlineKhabar
October 2, 2026

अक्टोबरमा विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइने

Loading

काठमाडौ,भदौ ।
क्रिकेटको इतिहासमै पहिलोपटक विश्वकप क्रिकेटको ट्रफी सन् २०१८ को अक्टोबरमा नेपाल ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले शनिबार विश्वकप क्रिकेटको ट्रफी टुरबारे जानकारी दिँदै ट्रफी नेपालमा पनि प्रदर्शनीमा राख्ने बताएको हो ।
सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकप अघि ट्रफी टुर हुन लागेको हो । त्यसै क्रममा अक्टोबर २७ देखि २९ सम्म नेपालमा ट्रफी प्रदर्शनमा राखिने उल्लेख गरिएको छ ।आइसीसीले विश्वकप खेल्ने १० राष्ट्र र अन्य ११ देशका ६० शहरमा ट्रफी पुर्याउने बताएको छ । ट्रफी नेपाल जस्ता क्रिकेटको विकासमा अगाडि बढरहेका देशमा प्रदर्शनीमा राखिने आइसीसीले जारी गरेको मिडिया रिलिजमा उल्लेख छ ।
आइसीसीको दुबईस्थित मुख्यालयबाट ट्रफी टुर अगस्ट २७ देखि सुरु भइ सन् २०१९ फेब्रुअरी १९ मा सकिनेछ ।
ट्रफी टुर दुबईबाट सुरु भई ओमान, अमेरिका, वेष्टइन्डिज, श्रीलंका, पाकिस्तान, बंगलादेश, नेपाल, भारत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, साउथ अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स, जर्मनी हुँदै २०१९ फेब्रुअरी १९ मा आयोजक इंग्ल्याण्ड र वेल्स पुग्ने बताइएको छ । त्यसपछि विश्वकप सुरु हुनुअघि त्यहाँ १०० दिनको डोमेस्टिक टुर हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed