![]()
काठमाडौं ।उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले सरकारले सबै नागरिक रोजगार हुनैपर्ने बाध्यकारी अवस्था सृजना गरिरहेको दाबी गर्नु भएको छ ।
मन्त्री पुनले सबै नागरिकलाई रोजगारीको अवसर दिन सरकारले उद्यमशील नागरिक बनाउने अभियानलाई विशेष महत्व दिएको पनि स्पष्ट पार्नुभयो ।
शनिबार काठमाडौंमा आयोजित ग्रील तथा स्टिल व्यवसायी संघ, काठमाडौंको दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले प्रत्येक नागरिकलाई सय दिन रोजगारीको अवसर दिन सरकारले बेरोजगार भत्तासहितको कानुनी व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।
मन्त्री पुनले रोजगारीको अवसर वृद्धि हुने गरी उद्योग, व्यवसायको प्रवर्दनको काममा लाग्न उद्यमी, व्यवसायीहरुलाई समेत आग्रह गर्नुभयो । उहाँले पुरानै खालको सक्रियताबाट मुलुकको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्न सक्ने अवस्था नरहेको पनि स्मरण गराउनुभयो ।


