![]()
बीबीसी । जिम्बाबेको उच्च अदालतले प्रतिपक्षीद्वारा राष्ट्रपतीय निर्वाचन परिणामलाई लिएर दायर मुद्दाको विपक्षमा फैसला सुनाएको छ। फैसलामा निर्वाचनमा भएको धाँधली सम्वन्धी अध्ययनमा अदालतको अन्तिम निश्कर्ष निवेदकले लगाएका आरोपलाई पुष्टि गर्ने खालको नभएको पाइएको जनाइएको छ।
प्रधानन्यायाधीश लुक मालालाले आफ्नो आदेशमा हरारेस्थीत संवैधानिक अदालतमा भने, ‘निर्वाचनमा भएको धाँधलीसम्वन्धी अध्ययनमा अदालतको अन्तिम निश्कर्ष निवेदकले लगाएका आरोपलाई पुष्टि गर्ने प्रत्यक्ष, प्रशस्त र विश्वसनीय आधार नभेटिएको ठहर गरेको छ।’
गत जुलाई ३० मा भएको राष्ट्रपतीय निर्वाचनमा इमर्सन दाम्बुड्जो नानगाग्वा निर्वाचित भएको अदातलले शुक्रबार ठहर गरेको छ। विश्लेषकहरूले अदालतको फैसला विपक्षीको पोल्टामा जाने अनुमान गरिरहेका बेला अदालतको यस्तो निर्णय आएको हो।
यसैविच जिम्बाबेका नबनिर्वाचित राष्ट्रपति नानगाग्वाले अदालतको फैसलाको स्वागत गरेका छन्।


