Breaking News.... EverestOnlineKhabar
June 28, 2026

एसियन गेम्समा चीन पहिलो स्थानमा, १९ देश पदकविहीन

Loading

जकार्ता,भदौ ।
इन्डोनेसियाको जकार्ता र पालेम्वाङमा जारी एसियाडमा ४० खेलका ४२० स्पर्धामा एसियाका ११ हजार ५ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । ४२० स्पर्धामध्ये अहिलेसम्म १३१ स्पर्धा सम्पन्न भइसकेका छन् । जसमा ४२० स्वर्ण पदकमध्ये १६९ स्वर्ण पदक विभिन्न देशले हात पारिसकेका छन् । जसमा अहिलेसम्म सम्पन्न खेलमा पदको नेतृत्वमा चीन रहेको छ । त्यस्तै, जापान र कोरिया पनि पदक जित्नेमा अग्रस्थानमा रहेका छन् ।
जारी प्रतियोगितामा सम्पन्न खेलमा चीनले ५५ स्वर्णका साथ ४० रजत र २१ कास्यपदक हात पार्दै जम्मा पदक ११६ पुर्याएको छ । चीनले इन्डोनेसियामा सुरुदेखि नै अग्रता कायम गरेको थियो । पदकमा चीनलाई पछ्याएको जापानले हालसम्म सम्पन्न खेलमा २४ स्वर्ण पदक हात पारेको छ भने २८ रजत र ३३ कास्य पदक जित्दै जम्मा ८५ पदक पुर्याएको छ ।
त्यस्तै, एसियन गेम्समा दक्षिण कोरिया तेस्रो स्थानमा रहेको छ । कोरियाले अहिलेसम्म १३ स्वर्ण पदक जितेको छ । त्यस्तै, २० रजत पदक र २७ कास्य पदक जित्दै जम्मा पदक संख्या ६२ पुर्याएको छ । १८ औं एसियाली खेलकुदमा अहिलेसम्म विभिन्न २६ वटा देशले स्वर्ण, रजत र कास्य पदक जितेको भएतापनि एसियन गेम्समा अन्य १९ वटा देश भने पदकविहीन रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.