Breaking News.... EverestOnlineKhabar
October 3, 2026

रुसले सिरियामा ६३ हजार सेना पठायो….

Loading

एजेन्सी,भदौ ।
रुसले सिरियामा भइरहेको द्धन्द्धका लागि ६३ हजारभन्दा बढी सेना पठाएको छ । रुसको रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार ६३ हजार १२ जना रुसी सुरक्षाकर्मी सिरिया पठाइएको हो। ‘लडाइँसम्बन्धी अनुभव भएका’ व्यक्तिहरू युद्ध प्रभावित मुलुक सिरिया पठाइएको मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
‘उनीहरूमध्ये २५ हजार ७३८ जना अधिकृतस्तरका र ४३४ जना सामान्य र अरू ४ हजार ३४९ जना हतियार र रकेटसम्बन्धी विज्ञ रहेका छन्,’ मन्त्रालयका अधिकारीले भनेका छन्। रुसका रक्षा मन्त्री सेर्गेइ सोइगुले गत सन् २०१७ को डिसेम्बर महिनामा पनि ४८ हजार भन्दा बढी यस्तै सैन्य व्यक्ति सिरियाली अभियानका लागि पठाइएको जानकारी दिए।
सन् २०११ देखि सुरु भएको सिरिया यद्धमा परी अहिलेसम्म ३ लाख ५० हजारभन्दा बढीको मृत्यु भएको छ भने अरू लाखौँ विस्थापित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed