Breaking News.... EverestOnlineKhabar
October 3, 2026

Loading

काठमाडौ,भदौ ।
सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार समितिअन्तर्गत सञ्चालित ९८ स्टलको सम्झौता खारेज गर्ने भएको छ । सरकारबाट २० हजारमा भाडामा लिइ अन्यलाई १ लाख रुपैयाँसम्ममा भाडामा लगाएको भेटिएपछि सम्झौता खारेज गर्न लागिएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव युवकध्वज जीसीले भनेः‘ सरकारबाट सटर भाडामा लिएर ५ गुणा भन्दा बढीमा अन्य व्यापारीलाई दिइएको पाइएको छ । अब बिचौलियाको सिन्डिकेट अन्त्य गर्छौं ।’

यसैबीच,सरकार आक्रामक रुपमा प्रस्तुत हुने देखिएपछि तरकारी आयात निर्यात ठप्प गर्ने आफ्नो कदमबाट व्यापारी पछि हटेका छन् । सरकारी टोली ३ दिन पहिले तरकारी बजारमा अनुगमन गएपछि व्यवसायी तथा तरकारी बजारमा रहेका गुण्डाहरुले अनुगमन टोलीलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले केहि व्यापारीलाई नियन्त्रणमा लिएको थियो । अनुगमन र व्यापारी नियन्त्रणमा लिएको विरोधमा उनीहरुले आयात निर्यात ठप्प पोर्न चेतावनी दिएका थिए । तर,सरकार झन् कडा रुपमा प्रस्तुत हुने थाहा पाएपछि व्यापारीहरु पछि हटेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed