Breaking News.... EverestOnlineKhabar
October 3, 2026

न्युजिल्याण्ड : साइकल चढेर अस्पताल भर्ना हुन गएकी मन्त्री जुलीले छोरो जन्माइन

Loading

बीबीसी । साइकल चलाएरै अस्पताल भर्ना हुन गएकी न्यूजिल्याण्डकी महिला मन्त्री जूली जेन्टरले बच्चा जन्माएकी छिन् ।  आइतबार आफै साइकल चलाएर अस्पताल पुगेकी मन्त्री जेन्टरले अकल्याण्ड अस्पतालमा  छोरा जन्माएकी हुन् । योसँगै यो वर्ष न्यूजिल्याण्डको मन्त्रिमण्डलमा प्रधानमन्त्री जसिन्डा आर्डेनपछि सुत्केरी हुने जुली दोस्रो मन्त्री बनेकी छिन् ।

३८ वर्षीया मन्त्री जेन्टरले गएको फेब्रुअरीमा आफू गर्भवती भएको घोषणा गरेकी थिइन् ।  सुत्केरी भएकै अवस्थामा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै प्रधानमन्त्री आर्डेन र मन्त्री जेन्टरको प्रशंसा भैरहेको छ ।

प्रधानमन्त्री आर्डेन सन् १९९० यता पदमै रहँदा सुत्केरी हुने पहिलो नेता हुन् । सन् १९९० मा प्रधानमन्त्री पदमै रहँदा बेनजिर भुट्टोले बच्चा जन्माएकी थिइन् ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री आर्डेनले मन्त्री जेन्टरलाई ट्वीटमार्फत बधाई दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed