Breaking News.... EverestOnlineKhabar
July 11, 2026

इङल्याण्डबिरुद्धको तेस्रो टेष्टमा भारत २०३ रनले विजयी

Loading

एजेन्सी । इंग्ल्यान्डविरुद्ध उसकै घरेलु मैदानमा पाँच टेस्टको शृंखला खेलिरहेको भारतले तेस्रो टेस्टमा २०३ रनको जीत हासिल गरेको छ । पहिलो दुई टेस्टमा लज्जास्पद हार बेहोरेको भारतको यो जीतसँगै शृंखलामा आशा कायम रहेको छ । जीतका लागि ५२१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड पाँचौं दिनमा ३१७ रनमा अलआउट भएको थियो ।

अन्तिम दिन तीन ओभर मात्र टिकेको इंग्ल्यान्डका जेम्स एन्डरसनलाई रविचन्द्रन अश्विनले आउट गरेपछि इंग्ल्यान्डको पराजयले पूर्णता पाएको थियो । भारतको जीतमा कप्तान विराट कोहली र बलरहरू हार्दिक पाण्ड्या र जसप्रीत बुमराहको प्रमुख भूमिका रह्यो । कोहलीले पहिलो इनिङमा ९७ अनि दोस्रो इनिङमा १०३ रन बनाए ।

उता पाण्ड्याले पहिलो इनिङमा अनि बुमराहले दोस्रो इनिङमा पाँच/पाँच विकेट लिएर इंग्ल्यान्डको ब्याटिङ लाइनअप ध्वस्त पारे ।
टस हारेर ब्याटिङ गरेको भारतले पहिलो इनिङमा कोहलीको ९७ रनको मद्दतले ३२९ रन बनाएको थियो । कोहलीलाई अजिंक्या रहाणेले ८१ रन बनाएर राम्रो साथ दिएका थिए । उनीहरूका बीच चौथो विकेटका लागि १५९ रनको साझेदारी बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.