Breaking News.... EverestOnlineKhabar
October 3, 2026

Loading

एजेन्सी ।विश्वको प्रख्यात कम्पनी गुगलले विश्वभरकै मानिसहरुको हरेक गतिविधि निगरानी गर्ने गरेको खुलासा भएको छ। एन्ड्रोइड र आइफोनमा रहेका आफ्ना सेवामार्फत् गुुगलले मानिसहरुका गतिविधिमार्फत् निगरानी गर्ने  पत्ता लागेको हो। स्मार्टफोनको पर्सनल सेटिङ्समार्फत गुुगलले प्रयोगकर्ता कहाँ जान्छन् भन्नेबारेमा निगरानी राख्ने गरेको हो।

अमेरिकाको प्रिन्स्टन विश्वविद्यालयका विद्यार्थीहरुले गरेको अध्ययनअनुसार मोबाइलको लोकेसन सेटिङ बन्द गर्दा पनि गुुगलको नजर प्रयोगकर्तामा हुन्छ। यो व्यक्तिको निजी गोपनियताका लागि खतरापूर्ण भएको विज्ञको भनाइ छ। गुगल भन्छ–यसबाट प्रयोगकर्ता कहाँ छ भन्नेबारे रेकर्ड राख्न सजिलो हुन्छ।

यहीकारण मानिसको व्यक्तिगत गोपनियता प्रभावित भइरहेको र यसबाट विश्वमा गुुगल एन्ड्रोइड र आइफोनमा गुुगल म्याप प्रयोग गर्ने लाखौं–करोडौं मानिस प्रभावित हुनेछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed