Breaking News.... EverestOnlineKhabar
October 3, 2026

स्थानीय तहले धान्ने र थेग्ने गरी कर उठाउन पाउँछ : अर्थमन्त्री

Loading

काठमाडौं।  अर्थमन्त्री युवराज खतिवडाले स्थानीय तहलार्इ संघीय सरकारले कति कर उठाउने वा कुन-कुन विषयमा मात्रै उठाउने भनेर निर्देशन दिन नमिल्ने बताएका छन्।  प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री खतिवडाले स्थानीय तहमा कर कति उठाउने भन्ने मापदण्ड निर्धारण गर्ने अधिकार स्थानीय तहकै भएकोले संघीय सरकारले निर्देशन गर्न नमिल्ने बताएका हुन्।

संघीय सरकारले स्थानीय तह सञ्चानलका लागि बजेट नदिएकोले कर उठाएको भन्ने  प्रश्नमा अर्थमन्त्री खतिवडाले भने, ‘स्थानीय तह सञ्चालनका लागि सामान्यीकरण कोषबाट बजेट दिएको छ।  स्थानीय तहले पनि धान्ने र थेग्ने गरी कर उठाउन पाइन्छ।’

निश्चित मापदण्डमा रहेर कानुन बमोजिम मात्र कर निर्धारण गर्न सरकारले सबै स्थानीय तहलार्इ परिपत्र गरिसकेको अर्थमन्त्री खतिवडाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed