Breaking News.... EverestOnlineKhabar
October 3, 2026

दक्षिण र उत्तर कोरियाका छुट्टिएका परिवारजनको पुनर्मिलन

Loading

बीबीसी । दर्जनौँ दक्षिण कोरियालीहरू द्वन्द्व र विभाजनका कारण छुट्टिएका आफ्ना परिवारजनसँग पुनर्मिलनका लागि उत्तर कोरियाको यात्रा गर्दैछन्। उनीहरूले ६० वर्षभन्दा लामो समयपछि पहिलो पटक आफ्ना परिवारजनलाई भेट्न गइरहेका छन्।

आफ्ना छुट्टिएका परिवारजनलाई भेट्न उत्तर कोरिया जान लागेको टोलीमा ८९ जना दक्षिण कोरियालीहरू रहेका छन्। उनीहरूमध्ये धेरै जना वृद्ध र कमजोर भइसकेका छन्। उनीहरू कोरियाली युद्धका बेला आफ्ना परिवारबाट अलग्गिएका थिए।

दक्षिण र उत्तर कोरियामा छरिएका परिवारजनबीचको यो पुनर्मिलन पर्यटनका लागि प्रसिद्ध माउन्ट कुम्गाङ्गमा हुन गइरहेको छ। सोल र प्योङ्याङ्मा रहेका दुई कोरियाली सरकारबीचको तनावग्रस्त सम्बन्ध अहिले सुधार हुन थालेकोले तीन वर्षको अन्तरालमा पहिलो पटक कोरियाली पारिवारिक पुनर्मिलन सम्भव हुन लागेको हो।

विगतका दशकहरूमा पनि दुई कोरियामा छुट्टिएर रहेका परिवारजनबीच पुनर्मिलन कार्यक्रमहरू भएका थिए। तर ८० वर्षको उमेर टेकिसकेका धेरै छुट्टिएका कोरियालीहरूका लागि पुनर्मिलनको लागि निकै कम सयम बाँकी छ।

प्राविधिक रूपमा दुई कोरिया अहिले पनि युद्धको अवस्थामा रहेका छन्। सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धका बेला कोरियालीहरू आफ्ना परिवारबाट अलग भएका थिए। तर पुनर्मिलन अघि नै कैयौँको मृत्यु भइसकेको छन्। गत एप्रिलमा भएको दुई कोरियाबीचको शिखर बैठकको बेला पुनर्मिलन कार्यक्रम गर्ने सहमति भएको थियो।

दक्षिण कोरियाली रेड क्रसमा ५७ हजार दक्षिण कोरियालीहरूले उत्तरमा रहेका आफ्ना छुट्टिएका परिवारजनसँग पुनर्मिलनको लागि आबेदन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed