Breaking News.... EverestOnlineKhabar
August 16, 2026

Loading

काठमाडौं । संसदको विकास समितिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन दिएको छ ।

समितिको सोमबार बसेको बैठकले समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिएको भन्दै नियमन गर्न सञ्चार र अर्थमन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले फोरजी कभरेज विस्तार, टेलिकममा सुधार, अब्टिकल फाइवरको सञ्जाल विस्तारमा देखा परेका समस्या लगायतका लागि भइरहेको कामको विवरण १५ दिन भित्र समितिलाई उपलब्ध गराउन सञ्चार मन्त्रायललाई भनेको छ ।

 

समितिले टेलिभिजनमा क्लिन फिड नीति अख्तियार गर्ने सरकारको कार्यक्रम भए पनि कार्यान्वयन निकै सुस्त देखिएको भन्दै त्यसलाई प्राथमिकता दिई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.