![]()
काठमाडौ,भदौ ।
महिलामाथि हुने सबैखाले विभेदविरुद्धको प्रस्ताव निर्णयार्थ संसदमा पेश हुँदैछ । संसद सचिवालयले जारी गरेको संभावित कार्यक्रमको दैनिक कार्यसूचीको सो प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ । नेकपा सांसद विन्दा पाण्डेले दर्ता गराएको सो प्रस्ताव आज दिउँसो एक बजे बस्ने संसदको बैठकमा पेश हुने भएको हो ।
‘महिलामा माथि हुने जघन्य अपराधबाट पीडित महिलाई उपचार र क्षतिपूर्तिको व्यवस्था’ गर्नुपर्ने उक्त प्रस्तावमा उल्लेख छ । महिलामाथि हिंसाका श्रृंखला बढिरहेको बेला उक्त प्रस्तावलाई संसदले पनि प्राथमिकताको सूचीमा राखेको देखिएको छ । ‘हत्या, बलात्कार, बोक्सीको आरोपमा उत्पीडन, छाउपडी, यौनजन्य हिंसा, दोइजोको निहुँमा हुने कुटपीटलगायका अपराधबाट पीडित महिलाको उपचार र क्षतिपूर्तिको व्यवस्था गरियोस् ’ सो प्रस्तावमा उल्लेख छ । यसका साथै अन्धविश्वास, त्रूटिपूर्ण सामाजिक मूल्य मान्यता, प्रथा परम्पराका आधारमा हुने विभेदविरुद्ध तीनूै तहका सरकारलगायत सरोकारवालाको सहभागितामा जनचेतना फैलाउन सरकारालाई निर्देशन दिन माग गरिएको छ । प्रस्तावमा विद्यलाय तहका पाठ्यक्रममा नै सामाजिक न्याय र समानताका विषय समावेश गर्न सरकारलाई निर्देशन दिन संसदसमक्ष माग गरिएको छ ।


