Breaking News.... EverestOnlineKhabar
June 28, 2026

भ्लादमिर पुटिन अष्ट्रियाकी मन्त्रीसँग नाचिरहेको तस्बिर विश्वभर चर्चामा ?

Loading

एजेन्सी,भदौ ।
अष्ट्रियाकी विदेश मन्त्री करिन नेसिलको विवाहमा विवादित अतिथिका रुपमा उपस्थित भएका पुटिन उनीसँग हात समात्दै नाचिरहेको तस्बिर शनिबार सार्वजनिक भएको छ । उनको निमन्त्रणाको विपक्षीहरुले पहिले नै आलोचना गरिरहेका थिए । तर पनि पश्चिमी राष्ट्रहरुले रुसविरुद्ध कारबाही अघि बढाइरहेकै समयमा पुटिन यस कार्यक्रममा सहभागी हुन अष्ट्रिया पुगेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
यसले अहिले युरोपले रुसविरुद्ध अपनाइरहेको रणनीतिलाई पनि कमजोर बनाइदिएको भनि विरोध जनाइएको छ भने अर्कोतर्फ यस वैवाहिक समारोहले पुटिनलाई चाहिँ कूटनीतिक समर्थन दिलाइरहेको छ । यस क्रममा युरोपसँग विभिन्न राजनीतिक समस्याका बीच पनि पुटिन ५३ वर्षीया नवदुलही करिनसँग रमाइरहेको देखा परेका हुन् । वास्तवमा पुटिनसँग मन्त्री करिनको राजनीतिक बााहेक अन्य कुनै नजिकी सम्बन्ध वा मित्रता नरहेको बताइन्छ । तर फार राइटको स्वतन्त्र पार्टी, एफपीओले करिनलाई नियुक्त गर्दा भने पुटिनको युनाइटेड रसिया पार्टीसँग सहयोग सम्झौता रहेको बताइएको थियो ।
यति मात्र नभएर युरोप पुगेको अवसरलाई सक्दो उपयोग गर्न पुटिनले बर्लिन बाहिर जर्मनीकी चान्स्लर एन्जेला मर्केलसँग पनि भेटवार्ता गरेका छन् । सो बैठकपूर्व उनले आफ्नो युरोपको यात्रा निकै राम्रो रहेको उल्लेख गरेका हुन् । यसअघि बेलायती एजेन्टमाथि रासायनिक हमला गरेको आरोपमा पश्चिमी राष्ट्रहरुले रुसमाथि प्रतिबन्ध जारी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.