Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

काठमाडौँ।  श्रीजना श्रेष्ठ मिसेस नेपाल आइडल बनेकी छिन्। उनले मस्ट ईन्टेलिजेन्ट र मस्ट पपुलरको उपाधी पनि जितिन्।

एमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगिताको पहिलो रनरअप सिम्रन वाईबा घोसित भइन्। उनले बेस्ट ट्यालेन्टको उपाधी पनि प्राप्त गरिन्। त्यस्तै दोश्रो रनरअप गंगा पौडेलले मस्ट कन्फिडेन्सको उपाधी प्राप्त गरिन्।

अन्य विभिन्न विधाका सबटाईटलहरुमा मस्ट स्मार्ट कृष्ण कुमारी श्रेष्ठ, बेस्ट पर्सानालिटी सिमा थापा खड्का, मस्ट एट्रक्टिभ रजनी गुरुङ, बेस्ट स्माईल रमा रश्मी, बेस्ट स्किन मधु सुनार, मस्ट एक्टिभ सुशिला गुरुङ, बेस्ट हेयर इन्दिरा श्रेष्ठ, मस्ट चार्मिङ सुशिला तमाङ, बेस्ट फोटोजेनिक सुजता श्रेष्ठ, बेस्ट ड्रेस इन्दिरा श्रेष्ठ र मिसेस पब्लिक च्वाइस सिमा थापा खड्काले प्राप्त गरिन्।

प्रतियोगितामा १६ प्रतिस्पर्धीहरु थिए। प्रतियोगिताका निर्णायकमा र्‍यापर निर्णय एन.एस.के, मिस नेपाल २००५ सुगारिका केसी, संगीतकार/साहित्यकार बुलु मुकारुङ, मिसेस मंगोल विजेता धनमाया मगर थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.