![]()
काठमाडौं। पाकिस्तानका स्टार क्रिकेट खेलाडी शाहिद अफ्रिदीले भारत र पाकिस्तानबीच नियमित रुपमा क्रिकेट प्रतिस्पर्धा गर्न माग गरेका छन्। ट्वीटरमा शुभकामना दिदै उनले द्विपक्षिय क्रिकेट सिरिज सुचारु गर्न माग गरेका हु्न्। वार्तामार्फत २ देशबीचको समस्या समाधान गर्न समेत उनले आग्रह गरेका छन्।
केही वर्षयता भारत र पाकिस्तानबीच विश्वकप तथा एसिया कपमा मात्र प्रतिस्पर्धा हुने गरेको छ। दुई देशबीचको शत्रुतापूर्ण सम्बन्धको असर क्रिकेटमा परेको हो। मुम्बईमा भएको आतंकवादी हमलापछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको हो।
सन् २००७ देखि दुई देशबीच टेष्ट प्रतियोगिता भएको छैन। त्यस्तै सन् २०१२ यता एकदिवसिय तथा टी ट्वान्टी को सिरिज खेलेका थिए। त्यसयता दुई देशबीच द्विपक्षिय सिरिजहरु हुन सकेको छैन।


