Breaking News.... EverestOnlineKhabar
October 2, 2026

सीपीएलमा पनि सन्दिपको शानदार बलिङ, ४ ओभरमा २१ रन दिंदै २ विकेट

Loading

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएका छन् । सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट तेस्रो खेल खेलेका सन्दीपले जमैका टाल्लावाहसविरुद्ध २ विकेट लिन सफल भएका हुन् ।

 आफ्नो तेस्रो खेलमा पनि उत्कृष्ट बलिङ गर्दै सन्दीपले विकेट लिन सफल भए । उनले ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर २ विकेट लिएका हुन् ।

सन्दीपले एकै ओभरमा २ विकेट लिएका थिए । उनले आफ्नो दोस्रो ओभर तथा खेलको ६.२ ओभरमा प्याट्रियट्सलाई पहिलो विकेट दिलाएका थिए । उनले केन्नार लुविसलाई ४९ रनमा आउट गराएका थिए । त्यस्तै, यसै ओभरको चौथो बलमा पनि एन्ड्रे म्याक्कार्थीलाई शुन्य रनमै एल्बीडब्लु आउट गरे ।

सन्दीपले जारी सीपीएलमा ३ खेलबाट ५ विकेट लिई सकेका छन् । यसअघि उनले पहिलो खेलमा २ र दोस्रो खेलमा १ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed