![]()
काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले ठोस कार्ययोजना बनाएर पूर्वनिर्धारित समयमै पुनिर्निर्माणको काम सम्पन्न गर्ने बताएका छन् ।
पदवहाली पछि आयोजित स्वागत कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विगतका कामको समीक्षा गरी नयाँ कार्ययोजना साथ अघि बढ्ने बताएका हुन् । उनले स्थानीय तहमार्फत् जनतालाई व्यापक परिचालन गरी आगामी वर्षलाई पुनर्निर्माणको अभूतपूर्व बर्ष बनाउने समेत बताए ।
कार्यकारी अधिकृत ज्ञवालीलाई प्राधिकरणमा स्वागत गर्दै प्राधिकरणका सचिव अर्जुनबहादुर कार्कीले आगामी वर्षभित्र निजी आवास पुनर्निर्माणको कामलाई सम्पन्न गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई कार्यसमिति सदस्य तथा कर्मचारीहरुले स्वागत गरेका थिए ।


