![]()
काठमाडौं। नेपाली कांग्रेसले भक्तपुरमा ११ बर्षीय बालकका हत्यारा २ जनालाई फेक इन्काउन्टरमा मारिएको बिषयमा संसदमा जवाफ दिन गृहमन्त्री रामबहादुर थापालाई चुनौती दिएको छ । कांग्रेसकी सांसद डिला संग्रौलाले भक्तपुरमा भएको इन्काउन्टरको जवाफ माग गरेकी हुन ।
११ वर्षीय निसान खड्काको अपहरणपछि हत्या भएको घटनामा दुई जना अपहरणकारी गोपाल तामाङ र अजय तामाङको इन्काउन्टर भएको भनिएपनि उक्त घटना शंकास्पद भएको प्रश्न उठ्दै आएको छ। सोही विषयमा गृहमन्त्री थापासँग सांसद संग्रौलाले जवाफ मागेकी हुन्।
संग्रौलाले भनिन्,‘इन्काउन्टरको जवाफ गृहमन्त्रीले दिनुपर्छ, प्रमाण नष्ट पार्ने काम किन भयो?’ कञ्चनपुरकी निर्माण पन्तको हत्या र बलात्कारका घटनाको दोषीबारे पनि सदनलाई गृहमन्त्रीले जानकारी दिनु पर्ने माग उनले गरिन्।


