Breaking News.... EverestOnlineKhabar
June 27, 2026

मुश्लिम गठवन्धनले आन्दोलनको धम्की दिएपछि प्रधानमन्त्री बकर इदमा बिदा दिन राजी

Loading

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको सबैभन्दा ठूलो पर्व बकर इदमा सार्वजनिक विदा दिने आश्वासन दिएका छन्। राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मंगलबार बिहान प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाउँदै बकर ईदमा सार्वजनिक विदा दिन माग गरेका थिए । सोहीक्रममा प्रधानमन्त्री  ओलीले  विदा दिने आश्वासन  दिएका हुन्।

प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेपछि गठबन्धनका नेताहरुले मुस्लिम समुदायले खुशीयालीका साथ आफ्नो पर्व मनाउने अधिकार सुरक्षित गर्न पनि बकर इद पर्वमा विदा दिनुपर्ने माग गरेका थिए।

आगामी भदौ ६ गते बुधबार बकर इद पर्व पर्दछ।

सरकारले बकर इदमा दिने गरिएको सार्वजनिक विदा कटौति गरेपछि मुस्लिम समुदाय रुष्ट हुँदै आएका थिए। मुस्लिम समुदायले बकर इदमा सार्वजनिक विदा नदिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.