Breaking News.... EverestOnlineKhabar
June 27, 2026

एसियन गेम्स फुटबलमा नेपालले आज जापानसँग प्रतिस्पर्धा गर्दै

Loading

काठमाडौ,साउन ।
इन्डोनेसियामा हुने १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले आज एसियाली महारथि जापानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली टोलीले आज साँझ सिकाराङस्थित विबावा मुक्ति रंगशालामा नेपाली समय अनुसार पौने ६ बजे जापानसँग खेल्दै एसियन गेम्सको सुरूवात गर्दैछ।
इन्डोनेसिया जानुअघि नेपाललले थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण लिएको थियो। थाइल्याण्डमा दुई अभ्यास खेल खेलेको नेपालले दुबै खेल गुमाएको थियो। एसियन गेम्सको औपचारिक उद्घाटन शनिबार हुनेछ। यद्यपी फुटबलसहितका केही खेलहरू उद्घाटन अगावै सुरू भइसकेका छन्।
नेपाली टोलीको नेतृत्व गोल किपर किरन चेम्जोङले गर्दैछन्। नेपालबाट सिनियर टोलीका तीन खेलाडी चेम्जोङसहित मिडफिल्डरहरु रोहित चन्द र बिशाल राई टिममा छन्।
नेपाल र जापान यसअघि तीन पटक एसियन गेम्समा भिडेका थिए। तीनै खेलमा जापानले नेपाललाई फराकिलो अन्तरमा हरायो।
सन् १०८६ मा दक्षिण कोरियामा भएको एसियन गेम्समा पहिलो पटक जापानसँग खेलेको नेपालले ५–० गोल अन्तरमा पराजित भएको थियो। सन् १९९२ मा थाइल्याण्डमा भएको एसियन गेम्समा नेपाल जापानसँग ५– ० ले नै पराजित भएको थियो ।
पछिल्लो पटक सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियन गेम्समा पनि नेपाल जापानसँग ४–० गोल अन्तरमा पराजित भएको थियो। तीन पटकमा १४ गोल खाएको नेपालले जापानमाथि कुनै गोल गर्न सकेको छैन। एसियन गेम्सको समूह डीमा रहेको नेपालले दोस्रो खेलमा भियतनाम र अन्तिम खेलमा पाकिस्तानसँग खेल्नेछ।
एसियाड नेपाली टोली
१. अभिषेक रिजाल
२.आदित्य चौधरी
३. एलेन न्यौपाने
४. अनन्त तामाङ
५.अन्जन विष्ट
६.विमल घर्तीमगर
७.बिशाल राई
८.दिनेश राजवंशी
९.गौरव बुढाथोकी
१०.हेमन गुरुङ
११.हेमन्त थापामगर
१२.कमल श्रेष्ठ
१३.किरण चेम्जोङ (कप्तान)
१४. रोहित चन्द
१५.सोजित गुरुङ
१६.सुमन अर्याल
१७.सुमन लामा
१८.सुनिल बल
१९.तेज तामाङ
२०.छिरिङ गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.