Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

काठमाडौ,साउन ।
काठमाडौको जमलबाट बमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दका क्रममा झोलामा बम बोकेर हिँडेका उनीहरूलाई प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा नेकपाका कार्यकर्ता उषाकिरण र तारा सञ्ज्याल रहेको प्रहरीले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखेरलका अनुसार बन्दमा अप्रिय घटना नहोस् भनेर काठमाडौंमा २ हजार बढी प्रहरी परिचालन गरिएको छ। बन्दका नाममा कसैको व्यक्तिगत सम्पत्तिमाथि क्षति पुर्‍याउनेलाई पक्रेर कानुनी कारबाही गर्ने पोखरेलले बताए।
उनका अनुसार काठमाडौंका नैकाप र सुन्दरीजलमा भेटिएका बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ भने अरू कुने अप्रिय घटना भएको छैन। चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित नेतालाई पक्राउ गरेको विरोधमा सो पार्टीले आज नेपाल बन्द आह्वान गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.