Breaking News.... EverestOnlineKhabar
October 2, 2026

बिराटनगर महानगरपालिकामा मेयरको कार्यकक्षमा बम बिष्फोट

Loading

विराटनगर । विराटनगर महानगरपालिकामा बम विस्फोट भएको छ । अज्ञात समूहले राखेको बम दिउसो २ बजे विस्फोट भएको थियो ।   महानगरको बैठक सकिएको केहीबेरमै मेयरको कार्यकक्षको बाहिरपट्टि रहेको दराजमा विस्फोट भएको थियो ।

अज्ञात समूहले दराजमा बम राखेको हुन सक्ने बताइएको छ । मेयरको कार्यकक्ष छेउमा दराजभित्रै शक्तिशाली बम विस्फोट हुँदा झ्यालका सिसा फुटेका छन् । शक्तिशाली कम्पनपछि झ्यालका सिसा झरेर मेयरको गाडीमा समेत क्षति पुगेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

मेयरले गाडी राखेर कार्यालयमा काम गर्दैगर्दा विस्फोट भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed