![]()
विराटनगर । विराटनगर महानगरपालिकामा बम विस्फोट भएको छ । अज्ञात समूहले राखेको बम दिउसो २ बजे विस्फोट भएको थियो । महानगरको बैठक सकिएको केहीबेरमै मेयरको कार्यकक्षको बाहिरपट्टि रहेको दराजमा विस्फोट भएको थियो ।
अज्ञात समूहले दराजमा बम राखेको हुन सक्ने बताइएको छ । मेयरको कार्यकक्ष छेउमा दराजभित्रै शक्तिशाली बम विस्फोट हुँदा झ्यालका सिसा फुटेका छन् । शक्तिशाली कम्पनपछि झ्यालका सिसा झरेर मेयरको गाडीमा समेत क्षति पुगेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
मेयरले गाडी राखेर कार्यालयमा काम गर्दैगर्दा विस्फोट भएको प्रहरीले जनाएको छ ।


