Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

एजेन्सी । विश्वमा अर्को वर्ष फाइभ जी इन्टरनेट नेटवर्क सुरुअात हुने भएको छ । आउँदो वर्षको सुरुमै विश्वका केही विकशित देशहरुमा फाइभ जी सेवा सुरु हुने र यसले इन्टरनेटको स्पीड अहिलेको अधिकतम स्पीडको तुलनामा दश देखि २० गुणा सम्मले बढि हुनेछ ।

यसलाई मोबाइल इन्टरनेटको पाँचौँ पिँढी मानिएको छ । यसको स्पीड विद्यमान इन्टरनेट नेटवर्कको भन्दा अधिक हुनेछ । जसबाट ठूला डाटालाई पनि सजिलैसँग छोटो समयमा डाउनलोड तथा अपलोड गर्न सकिनेछ ।

यसमा कैयन् नयाँ प्रविधि प्रयोग हुनेछन् तर अहिलेसम्म फाइभ जी को सबै प्रोटोकल तय भएको छैन । यो फोर जी प्रविधि भन्दा पूर्णरुपमा फरक हुनेछ । यो नयाँ प्रविधिमा काम गर्नेछ । अहिले फोर जीमा सर्वाधिक स्पीड ४५ एमबीपीएससम्म सम्भव हुन्छ । चिप निर्माता कम्पनी क्वालकोमका अनुसार फाइभ जी प्रविधिमा यसभन्दा १० देखि २० गुणासम्म बढि स्पीड हुनेछ ।

अधिकतम देशहरुमा फाइभ जी सन् २०२० सम्ममा लञ्च हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.