Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लाग सिंगापुर प्रस्थान गरेका छन् । उनी स्वास्थोपचारका लागि पत्नी डा. आरजु राणा देउवाका साथ बुधबार दिउँसोे सिंगापुर प्रस्थान गरेका हुन् ।

सभापति देउवाले सिंगापुरमा पेट सम्बन्धि रोगको उपचार गराउने उनको सचिवालयले जनाएको छ । तर पेटमा कस्तो समस्या हो भन्ने बारेमा भने कुनै जानकारी गराइएको छैन ।

 उपचारका क्रममा कति समय सिंगापुर बस्ने भन्ने बारेमा उता पुगेपछि मात्र टुंगो लाग्नेछ ।

साउन ६ गते नै सिंगापुर जाने भनिए पनि डा. गोविन्द केसीको अनसन र कांग्रेसले जारी राखेको सरकार विरोधी आन्दोलनका कारण देउवाले भ्रमण स्थगित गरेका थिए । उनको सिंगापुरस्थित माउन्ट एलिजावेथ हस्पिटलमा देउवाको उपचार हुने  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.