Breaking News.... EverestOnlineKhabar
June 26, 2026

संसदीय समिति सभापतिको लागि सत्तारुढ दल नेकपाभित्र हानथाप

Loading

काठमाडौ,साउन ।
प्रतिनिधिसभा नियमावली बनेको दुई महिनापछि संसदीय समितिहरूले पूर्णता पाएसँगै संसदीय समितिमा सभापतिका लागि शीर्ष नेताहरूको दौडधुप सुरु भएको छ । प्रतिनिधिसभाका १० र राष्ट्रिय सभाका चारका साथै संयुक्त दुई समितिको सभापति चयन प्रक्रिया सुरु भएको हो ।
संसदीय दलले आवश्यक गृहकार्य गरेपछि समितिका सभापति चयन गर्ने प्रक्रिया अघि बढाउनेछ । समितिको सभापति चयनका लागि ने क पा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रमुख सचेतक देव गुरुङले शीर्ष तहमा परामर्श गरिरहेका छन् । नेकपाभित्र समितिको सभापति बन्न सांसदहरुबीच हानताथ चलेको छ । सभापतिका आकांक्षीहरु रातदिन शीर्ष नेताहरुकोमा धाईरहेका छन् ।
सबै समितिमा नेकपाको बहुमत रहेकाले लेखा समितिबाहेक अन्य समितिमा सोही पार्टीका सभापति हुने सम्भावना रहेको छ । यद्यपि, सत्तारूढ संघीय समाजवादी फोरमले एउटा समितिको सभापति अपेक्षा गरेको छ । लेखा समिति भने प्रमुख प्रतिपक्षलाई दिइने प्रचलन भएकाले आफूहरूले त्यसको सम्मान गर्दै विपक्षीलाई नै दिने उपेनेता नेम्वाङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.