Breaking News.... EverestOnlineKhabar
June 26, 2026

मेरो नीजि जीवन सार्वजनिक उपभोगका लागि होइन : प्रियंका

Loading

एजेन्सी ।प्रियंका चोपडाले निक जोनससँगको इन्गेजमेन्टबारे पहिलो पटक मुख खोलेकी छिन् । उनले आफ्नो नीजि जीवन सार्वजनिक उपभोगको वस्तु नभएको बताएकी छिन् । आफ्नो सम्बन्धबारे कसैलाई पन सफाई दिन आवश्यक नठान्ने उनको भनाई छ ।

यसबारे उनले भनिन्, ‘मेरो नीजि जीवन सार्वजनिक उपभोगको वस्तु होइन । मेरो जीवन ९० प्रतिशत सार्वजनिक उपभोगको लागि त हो तर १० प्रतिशत मेरो मात्र हो ।’

प्रियंकाले भनिन्, ‘म एक महिला हुँ र यस्तो कुरामा मलाई आफूमा मात्र सिमित हुने अधिकार छ । मेरो परिवार, सम्बनध यस्ता कुराहरु हुन् जसबारे स्पष्टिकरण दिन म आवश्यक ठान्दिनँ । त्यसरकाण यसबारे म सफाई दिन्नँ ।’

प्रियंकाले एक कार्यक्रमलाई सम्बोधित गर्दै आफूलाई सबैभन्दा ठूलो डर असफलतासँग लाग्ने बताइन् । उनले भनिन्, ‘मेरो सबैभन्दा ठूलो डर असफलता हो । मलाई असफलतासँग घृणा लाग्छ । जब म असफल हुन्छु तब अत्यधिक तनावमा हुन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.