Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रधानन्यायाधीश सिफारिस गर्न प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

Loading

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्। सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसका गर्न प्रधानमन्त्री ओलीले बुधबारका लागि परिषदको बैठक बोलाएका हुन्।

प्रस्तावित प्रधानन्यायाधीशमा जोशी अस्वीकृत भएपछि प्रधानन्यायाधीशका लागि सिफारिस गर्न संवैधानिक परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बैठक बोलाएको उनका प्रेस सल्लाहार डा. कुन्दन अर्यालले जानकारी दिए।

उनका अनुसार बैठकको समय भने टुंगो लागि सकेको छैन। संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि सिफारिस गरेका न्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले दुईतिहाईले अस्वीकृत गरेको थियो।

संवैधाननिक परिषदले बरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्र शम्शेर जबरामध्ये एकलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नेछ। यसअघि संवैधानिक परिषदले गत जेठ २९ मा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो।

गत फागुन ३० गते प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि सर्वोच्च प्रधानन्यायाधीशविहीन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.