![]()
बीबीसी । जिम्बाबेको विपक्षी दलका २७ जनालाई अदालतमा उपस्थित गराइएकाे छ।गत साता जिम्बाबेकाे हरारेमा भएको निर्वाचनमा भएका हिंसात्मक घटनामा संलग्न भएको आरोपमा उनीहरूलाई अदलतमा उपस्थित गराइएको हो।
लामो समय शासन गरेका रोबर्ट मुगावेको बहिर्गमनपछि जिम्बाबेमा पहिलो पटक भएको निर्वाचनबाट राष्ट्रपति इमर्सन मनान्गावालार्इ विजय घाेषित गरिएकाे थियाे। छ जनाको मृत्यु हुनेगरी निर्वाचनका बेला भएको हिंसामा संलग्न भएको आरोपी मध्ये १९ जना पुरुष रहेका छन् भने ८ जना महिला रहेका छन्।


