Breaking News.... EverestOnlineKhabar
October 3, 2026

फ्रान्स सुपर कपको उपाधि पीएसजीलाई….

Loading

एजेन्सी,साउन ।
मोनाकोलाई हराउँदै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्स सुपर कपको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई ४–० गोल अन्तरले हराएको हो ।
चीनमा भएको खेलमा पीएसजीले ३३ औं मिनेटमा एन्जल डी मारियाको गोलबाट अग्रता लिएको थियो । ४० औं मिनेटमा क्रिस्टोफर एनकुन्कुले गोल गर्दै टोलीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।
दोस्रो हाफमा पनि पीएसजी नै हावी भयो । ६७ औं मिनटेमा टिमिथी वाह् र इन्जुरी टाइममा डी मारियाले गोल गर्दै पीएसजीलाई ४–० को जित दिलाए ।
चीनको शेन्जेनमा झण्डै ४२ हजार दर्शकका माझ भएको खेलमा पीएसजीका स्टार खेलाडी नेइमार सब्सिच्युटका रुपमा ७५ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed