Breaking News.... EverestOnlineKhabar
October 2, 2026

सरकारले न्यायालय कब्जा गर्न खोजेको कांग्रेसको निष्कर्ष

Loading

काठमाडौं । नेपाली कांग्रेसले दुई तिहाई बहुमतको बल प्रयोग गरेर सरकारले न्यायालय कब्जा गर्न खोजेको निष्कर्ष निकालेको छ। प्रस्तावित प्रधानन्यायाधीका लागि न्यायपरिषद्ले सिफारिस गरेको दीपकराज जोशीको नाम संसदीय सुनुवाई बिशेष समितिले अस्वीकृत गरेपछि सभापति शेरबहादुर देउवाले शनिबार अाफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारीसहित काठमाडाैंमा उपलब्ध केन्द्रीय सदस्यहरूसहितकाे अाकस्मिक बैठक बाेलाएका हुन्।

बैठकले न्यायाधीशलाई आतंकित पारेर आफू अनुकुलको फैसला गराउन वर्तमान सरकार उद्यत रहेको निष्कर्ष निकालेको हो। जोशीको नाम अस्वीकृत गर्नुको कारण र आधार केही पनि प्रष्ट नपारेर अदालतमाथि ठाडो हस्तक्षेप गरेको भन्दै बैठकका सहभागी नेताहरु सबैले सरकारले अदालतमा कब्जा गर्न खोजेकोमा आपत्ति जनाएका थिए।

बैठकले सरकारको  हस्तक्षेपबिरुद्ध संसदमा कडा ढंगबाट प्रस्तुत हुनुका साथै यो मुद्धालाई पार्टी र जनताबीच लैजाने पनि बैठकले निर्णय गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed