![]()
एजेन्सी ।स्पेनिस मिडफिल्डर पेड्रोेले चेल्सीमा थप एक वर्षे सम्झौता पत्रमा हस्ताक्षर गरेको इङ्लिस क्लबले जनाएको छ। ३१ वर्षे पेड्रो २०१५ मा बार्सिलोनाबाट चेल्सीमा अनुबन्ध भएका थिए।
‘चेल्सीमा निरन्तर खेल्न पाउँनु मेरो लागि राम्रो हो। समर्थक, साथी र क्लब पदाधिकारीसँग मेरो सम्बन्ध राम्रो छ र खुसी छु,’ पेड्रोले चेल्सीको वेभसाइटमा भनेका छन्, ‘म यहाँ सन्तुस्ट छ र यहीबाट उपाधि उचाल्न चाहन्छु।
त्यसको लागि टोलीलाई सक्दो योगदान गर्न चाहन्छु, गोल गर्न चाहन्छु।’ पेड्रोले चेल्सीका लागि १ सय ३१ खेल खेल्दै २८ गोल गरेका छन्।


