Breaking News.... EverestOnlineKhabar
October 3, 2026

Loading

एजेन्सी ।चेल्सीका पूर्व मिडफिल्डर फ्रांक लाम्पार्डले मैदानमा रहँदा जस्तो ‘मज्जा’ बाहिर नहुने भन्दै  प्रशिक्षणतिर लागेको बताएका छन्। डर्बी काउन्टीको प्रशिक्षण सम्हालेका लाम्पार्ड पहिलो प्रतिस्पर्धात्मक खेलका लागि तयारी गरिरहेका छन्।

शुरूमा लाम्पार्डले सञ्चार माध्यममा काम गरेका थिए। खेलाडीका रूपमा लाम्पार्डले चेल्सीबाट ३ प्रिमियर लिग, ४ एफए कप र एक च्याम्पियन्स लिगको उपाधि जितेका थिए। च्याम्पियनसिपको नयाँ सिजनमा लाम्पार्डको क्लब डर्बी काउन्टीले पहिलो खेल रिडिङविरुद्ध शुक्रबार माडेस्की रंगशालामा खेल्नेछ।

इङ्ल्यान्डका अर्का पूर्व मिडफिल्डर जेरार्डले पनि यसै साता स्कटल्यान्डको रेन्जर्सबाट प्रशिक्षकका रुपमा पहिलो लिग खेल खेल्दैछन्। लिभरपुलका पूर्व कप्तान जेरार्डले यसअघि तीन पटक युरोपा लिगको खेलमा प्रशिक्षकको भुमिका निर्वाह गरिसकेका छन्। प्रशिक्षकका रुपमा जोरार्ड अपराजित छन्। जेरार्डले दुई खेलमा विजयी नतिजा निकाल्न सफल भएका थिए।

‘प्रशिक्षण करियरबारे गत मंगलबार पनि मैले उनी(जेरार्ड)सँग कुरा गरेको थिए,’ लाम्पार्डले भने, ‘नयाँ करियरको प्रत्येक क्षणमा हामी रमाइरहेका छौं। यो केही चुनौतीपूर्ण छ। तर यसलाई छाड्न सकिदैन। म यसमै राम्रो गर्न चाहन्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed