![]()
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसंग असन्तुष्टि जनाउँदै प्रवक्ता पदबाट राजीनामा दिएका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीप्रति पुनः असन्तुष्टि जनाएका छन ।
डा. गोविन्द केसी, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, अधिकारकर्मी कृष्ण पहाडी लगायतलाई भेटेको बिषयमा अध्यक्षद्वय ओली र प्रचण्डले श्रेष्ठप्रति असन्तुष्टि जनाएपछि उनले प्रवक्ता पद छोडेका थिए । यो बीचमा उनी सम्र्पकविहीन हुँदै मौन थिए । तर, उनले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रसंग फरक भएपनि प्रधानमन्त्री ओलीप्रति आक्रोश व्यक्त गरेका छन ।
तुलसी आमात्यको स्मृतिमा आयोजित कार्यक्रममा घण्टौं कुर्दा समेत प्रधानमन्त्री ओली र दाहाल नआएपछि श्रेष्ठ आक्रोशित भएका हुन ।
साढे १२ मा शुरु हुने भनी निम्ता दिइएको कार्यक्रममा ओली र प्रचण्ड साढे एक बजेसम्म पनि नआइपुगेपछि उश्रेष्ठ रुष्ठ भएका थिए ।
कार्यक्रम ढिला शुरु हुने देखिएपछि श्रेष्ठ कार्यक्रम छाडेर जाने तयारी गरेका थिए। तर आयोजकले मनाएपछि उनी मञ्चमै फर्किए।
कार्यक्रममा प्रम ओली नआइपुगेपछि श्रेष्ठले सम्बोध गर्दै भने, ‘यसरी हुँदैन, समयको ख्याल गर्नु पर्यो। अरुलाई घण्टौ कुराउने यसलाई सुधार गर्नु पर्छ। समयको महत्व ख्याल गर्नु पर्यो। स्थायी समितिको बैठक बाटै यसलाई निर्णय गराउनुपर्छ।’ उनले प्रधानमन्त्री लाई समयको ख्याल गर्न पर्यो भन्नसाथ हल तालीले गुन्जिएको थियो।


