Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

काठमाडौं । इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको थप तयारीका लागि नेपाली कराते टोली  जापानको ओकिनावा प्रस्थान गरेको छ। अगस्ट २५ देखि २७ तारिखसम्म हुने करातेको स्पर्धाको खेलमा नेपालबाट चारचार महिला र पुरुष खेलाडीले सहभागिता जनाउनेछन्।

प्रतियोगितामा पुरुष एकल कातामा परशुराम बास्तोला रहेका छन् भने ६० केजीमा सोनाम लामा, ६७ केजीमा विजय लामा र ८४ केजीमा दिवस श्रेष्ठले प्रतिस्र्धा गर्नेछन्।

यस्तै महिलामा चञ्चला दनुवारले एकल कातामा सहभागिता जनाउँदा अनु अधिकारीले ५० केजी, सुनीता महर्जनले ६१ केजी र रीता कार्कीले ६८ केजीमाथिका स्पर्धामा सहभागिता जनाउनेछन्।

दीपक श्रेष्ठले टोलीलाई प्रशिक्षण दिइरहेका छन्। नेपाली टोली जापान प्रशिक्षणपछि अगस्ट २२ मा इन्डोनेसिया जानेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.