![]()
एजेन्सी । सलमान खानको फिल्म ‘भारत’बाट हात झिकेकी प्रियंका चोपडा हलिउड फिल्ममा अनुबन्ध भएकी छिन्। कमिक बुकमा आधारित फिल्म ‘काउब्वाई निन्जा वाइकिङ्ग’मा प्रियंकाले साइन गरेकी हुन्।
फिल्मको लिड रोलमा क्रिस प्राट छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फिल्म इमेज कमिक ग्राफिक्स नोबेलमा आधारित छ। फिल्ममा प्रियंका क्रिसको प्रेमिकाको भुमिकामा देखिनेछिन्। यो फिल्म अर्काे वर्ष प्रदर्शनमा आउनेछ।
अमेरिकी गायक निक जोनस सँग इन्गेजमेन्ट गरेर चर्चामा रहेकी ३६ वर्षीया प्रियंका सेप्टेम्बरमा विहे गर्ने तयारीमा छिन्। विहेकै लागि उनले सलमानको फिल्म छाडेको बताइन्छ।


