Breaking News.... EverestOnlineKhabar
June 28, 2026

‘अमेरिकी चुनावलाई प्रभावित पार्न फेसबुकको प्रयोग’

Loading

बीबीसी । अमेरिकी राजनीति र आगामी मध्यावधि निर्वाचनलाई प्रभावित पार्नका लागि गम्भीर प्रयत्न भएको तथ्य फेला परेको फेसबुकले जनाएको छ। यस्तो कार्यमा संलग्नहरुमा सम्भवतः रुसी नागरिक हुनसक्ने फेसबुकले जनाएको छ ।

मध्यावधि चुनाव हुन सय दिन पनि बाँकी नरहेको अवस्थामा फेसबुकको तर्फबाट सावधानीपूर्वक जारी विज्ञप्तिमा सोझै रुसमाथि आक्षेप भने लगाइएको छैन । ‘कम्पनीको अध्ययनमा ३२ वटा नक्कली फेसबुक र इन्स्टाग्राम खाता खोलिएको पाइएको छ । तसर्थ ती खातालाई हटाइएको छ किनभने ती  खातामा नियोजित र अनाधिकृत राजनीतिक व्यवहार झल्कने सामग्री राखिएको थियो,’ फेसबुकले बताएको छ ।

फेसबुक कम्पनीका अनुसार ती खाताको ठेगानामा कम्तीमा वासिङ्टनका अधिकारी भने जोडिएको पाइएको छैन । झण्डै तीन लाख मानिसले यी प्रतिबन्धित खातासँग आफूलाई आबद्ध गराएको र प्रचारित सामग्रीमा मानिसले अभिरुचि देखाएको फेसबुकले जनाएको छ ।

यसैबीच अमेरिकाकी आन्तरिक सुरक्षासम्बन्धी मन्त्री कियस्र्टिन निल्सनले मध्यावधि चुनावलाई प्रभावित गर्ने उद्देश्यले खोलिएको हुनसक्ने ३० वटा खाता बन्द गर्ने निर्णयको स्वागत गरेकी छन् ।उनले चुनावमा हस्तक्षेप गर्ने कुनै पनि प्रयास प्रजातन्त्रमाथि प्रत्यक्ष हमला भएको भन्दै अमेरिकाले त्यस्तो कुनै दखल नसहने स्पष्ट पारेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.