![]()
बीबीसी । जिम्बाबेको राजधानी हरारेमा प्रदर्शन गरिरहेका विपक्षी दलका समर्थकमाथि प्रहरीले गोली प्रहार गरेको छ । गोली लागेर तीनजनाको ज्यान गएको पुष्टि भएको छ ।
प्रदर्शनमा रहेको विपक्षी गठबन्धन एमडिसीले प्रहरी कारबाहीको निन्दा गरेको छ । प्रहरीको व्यवहारले रोबर्ट मुगाबेको शासनकालको काला दिनको सम्झना गराएको एमडिसीले आरोप लगाएको छ ।
सोमबार भएको चुनावमा सत्तारुढ जानु–पिएफ पार्टीले धाँधली गरेको भन्दै एमडिसीले प्रदर्शन सुरु गरेको हो । संसदका लागि भएको चुनावको मतगणना भइरहँदा जानु–पिएफ पार्टीले फराकिलो जित निकाल्ने देखिएको छ ।
तर राष्ट्रपति चुनावको परिणाम भने सार्वजनिक गरिएको छैन । एमडिसीले सोमबार भएको चुनावमा आफ्नो पार्टीका उम्मेदवार नेल्सन चामिसा विजयी भएको दाबी गरेको छ ।


