![]()
काठमाडौँ। प्रतिनिधिसभामा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको जवाफमा कांग्रेस सांसदहरुले प्रश्नोत्तर गर्न खोज्दा सभामुख कृष्णबहादुर महराले रोक लगाएपछि विपक्षीले संसद बैठक बहिष्कार गरेका छन्।
प्रतिनिधिसभा नियमावलीअनुरुप प्रश्नोत्तर गर्न पाउन कांग्रेस सांसदहरुले माग गरे पनि सभामुखले नमिल्ने बताउँदै रुलिङ गरेपछि कांग्रेस सांसदहरु उभिएरै विरोध जनाएका थिए ।
विरोधमा कांग्रेस सांसद उठिरहेकै बेला सभामुख महराले संसदीय समितिका सदस्यहरुको नाम पढेर सुनाए भने त्यही बीचमा बिमासम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव छलफलका लागि पेश गरे।
आफ्नो विरोधका बाजजुद सभामुखले संसदको कारबाही अगाडि बढाएपछि कांग्रेस सांसदहरु बहिष्कार गर्दै संसदबाट बाहिरिएका थिए।
विपक्षीले संसद बहिष्कार गरेपछि पनि सभामुख महराले संसद बैठक सुचारु राखेका थिए ।


