Breaking News.... EverestOnlineKhabar
August 16, 2026

Loading

रूपन्देही ।  केन्द्रमा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने भन्दै संघिय संसद भित्र कुरा उठिरहेका वेला यही विवाद प्रदेशमा पनि सुरु भएको छ । प्रदेश नं. ५ मा सभामुख र उपसभामुख दुई फरक दलको बनाउन माग गर्दै कांग्रेस सांसदले उच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

प्रदेश ५ कि प्रदेशसभा सदस्य तथा कांग्रेस नेतृ रिना नेपाल विकले उच्च अदालत तुलसीपुरको बुटवल ईजलासमा मुद्दा दायर गरेकी हुन् । उनले आफ्नो रिटमा मुख्यमन्त्री, सभामुख र उपसभामुख तथा प्रदेश सचिवालयलाई विपक्षी बनाएकी छन् । संसदमा पटक–पटक कुरा उठाउँदा पनि सुनुवाई नभएका कारण मुद्दा दिनुपरेको उनको भनाई छ ।

प्रदेश ५ का कांग्रेस संसदीय दलका नेता बलदेव शर्माले पनि उनको कुरामा सही थप्दै न्यायको खोजी गर्न अदालत पुगेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.