![]()
एजेन्सी । पूर्व पोर्नस्टार एवं बलिउड अभिनेत्री सनी लियोनीको जीवनमा आधारित फिल्म ‘करनजीत कौर’ रिलिज हुनुुअगावै विवादित बनेको छ। उक्त फिल्ममा सनी लियोनीको पोर्न स्टारदेखि बलिउडमा अभिनेत्री बन्दासम्मको कथा देखाइएको छ।
उक्त फिल्मको ट्रेलर यही ५ जुलाईमा सार्वजनिक गरिएको थियो। करनजीत कौर नाममा उनी शिख समुदायमा जन्मिएकी थिइन्। गुरुद्वारासम्बद्ध व्यक्तिहरुले फिल्मकै नाममा आपत्ति जनाएका छन्। शिरोमणि गुरुद्वारा प्रबन्धक समितिले फिल्मको नाममा आपत्ति जनाउँदैं आधिकारिक रुपमा विरोध गर्ने निर्णय गरेको छ।
समितिका प्रवक्ता दलजीत सिंह बेदीले भनेका छन्, ‘उनको काम पोर्न स्टार थियो उनका पति पनि क्रिश्चियन हुन्, शिख धर्ममा सिंह र कौर उपनामको महत्वपुर्ण स्थान छ, यस्तो अवस्थामा उनले यो शब्दको प्रयोग गर्न मिल्दैनथ्यो, जसबाट शिख धर्मको भावनामा चोट पुुगोस्। यसैले उनले कौर शब्दको प्रयोग नगरुन्।’
कौर शब्द नहटुन्जेलसम्म विरोध जारी रहने उनले बताएका छन्।


