![]()
काठमाडौं। सलमान खानको नयाँ फिल्म ‘भारतमा’मा अभिनत्री कट्रिना कैफ अनुबन्धित भएकी छिन्। सुरुमा फिल्मका लागि अभिनत्री प्रियंका चोपडा फाइनल भएकी थिइन्। तर हलिउड गायक निकसँग बिहे गर्ने भएपछि उनले ‘भारत’ छोडेकी थिइन्।
फिल्मको छायाँकन र विवाहको मिति एउटै समयमा हुने भएपछि प्रियांकाले भारत छोडेकी हुन । त्यसपछि कट्रिनालाई फिल्ममा लिइएको निर्देशक अली अब्बास जफरले बताए। अलीले नै निर्देशन गरेको ‘टाइगर जिन्दा है’मा पनि सलमान र कट्रिनाले एकसाथ काम गरेका थिए।
निर्देशक अली फेरी सलमान र कट्रिनासँग काम गर्न उत्साहित छन्। उनले प्रियांकाको बिहे गर्ने निर्णयप्रति खुशी व्यक्त गरे।


