Breaking News.... EverestOnlineKhabar
May 11, 2026

ओलीले चुनाव जिताएपछि ऋण तीर्दै महतो, भन्छन–‘सरकारलाई समर्थन जारी छ’

Loading

काठमाडौं । राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले सरकारलाई आफनो पार्टीले दिएको समर्थन कायमै रहेको बताएका छन । रिपोर्टस क्लबले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तक्रियामा नेता महतोले समर्थन फिर्ता लिनेबारे पार्टीमा कुनै सोच नभएको दाबी गरे ।
राजपा भित्र सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने भन्दै अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, अनिल झा, राजकिशोर यादव, महेन्द्र यादवले लबिङ गरिरहेकाबेला महतोको यो भनाइ बाहिर आएको हो ।

वर्तमान सरकारले नै संविधान संशोधन गर्नेमा आफूहरु विश्वस्त रहेकाले तत्काल समर्थन फिर्ता नगर्ने उनको भनाइ छ ।नेता महतोले समर्थन फिर्ता लिनेबारे पार्टीमा अहिलेसम्म कुनै छलफल भएको स्पस्ट पारे । वर्तमान सरकार दुईतिहाइको भएकाले संविधान संशोधनका लागि पहल गर्नेमा आफूहरु आशावादी रहेको भन्दै उनले अहिले ‘पर्ख र हेर’को स्थितिमा रहेको उल्लेख गरे ।

नेता महतोले केही समयअघिमात्र संविधान संशोधनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएकाले संशोधनको प्रक्रिया अघि नबढे पार्टीले गम्भीररुपले छिनोफानो गर्ने बताए ।

महतो धनुषाबाट एमालेको सहयोगमा कांग्रेसका बिमलेन्द्र निधिलाई हराउँदै निर्वाचित भएका हुन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.